• २५ पुस २०८२, शुक्रबार

'स्वस्थानी देवी तिमी’ सार्वजनिक

blog

काठमाडौँ, पुस २२ गते । टेकराज पोखरेलको नयाँ भजन ‘श्री स्वस्थानी देवी तिमी’ सार्वजनिक भएको छ । उक्त भजन कोहिनुर मिडिया प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भजनमा श्री स्वस्थानी माताको गुणगान गाइएको छ भने यो भजन मध्यपश्चिमको स्थानीय लोकलयमा गाइएको छ ।

भजनमा शब्द रचना धनकला पौडेल पोखरेलको रहेको छ भने सङ्गीत तथा गायक पोखरेल र उहाँको समूहको रहेको छ । भजन गायनमा हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल, भक्तिराम पोखरेललगायतले साथ दिनु भएको छ । भजनको नृत्य निर्देशन प्रीतिमा पोखरेलले गर्नु भएको हो ।