बैतडीको पुरचौडी नगरपालिका–२, ल्याँटीस्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छाना शुक्रबारको हावाहुरीले उडाउँदा लाखौँ रुपियाँको क्षति भएको छ । विद्यालयको चार कोठे भवनको छाना दुई महिनाअघि आठ लाख रुपियाँ खर्च गरेर मर्मत गरिएको थियो । विद्यालयको छाना पुनःमर्मत नभएसम्म पठनपाठन गर्नसकिने अवस्था नरहेको विद्यालयका शिक्षक जनक धानुकले बताउनुभयो ।
जिल्लाका सातवटा गाउँपालिकामध्ये छवटा गाउँपालिकाका सहकारीहरूलाई कृषि विकास कार्यालयले अनुदान सहयोग उपलब्ध गराएको छ । सहकारीका सदस्यलाई सस्तो कर्जामा कृषि उत्पादनमा लगानी गर्नका लागि कार्यालयले अनुदान बजेट उपलब्ध गराएको हो ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको सिँचाइ आयोजनामा एउटाले गरेको काममा अर्कैलाई भुक्तानी दिइएको छ । पालिकाको वडा नम्बर ९, पिङ्खुरीस्थित बँेसीटोल सिँचाइ आयोजनामा एउटा समितिले गरेको काम देखाएर किर्ते प्रमाण राखी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापले अर्कै उपभोक्ता समितिलाई दुई पटक गरी २१ लाख ६० हजार रुपियाँ भुक्तानी दिएको हो । काम नै नगरी किर्ते कागज बनाए
केही समययतादेखि टापु राष्ट्र श्रीलङ्काको चर्चा र चासो सर्वत्र सुनिन थालेको छ । अझ विशेषगरी दक्षिण एसियाली क्षेत्रमा श्रीलङ्काले मिडियामा पूरै स्थान पाएको छ । दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क)को एक सदस्य राष्ट्र श्रीलङ्काको परिचय केही वर्ष दक्षिण एसियाको अरू देशको तुलनामा समृद्ध थियो तर अहिले यो देश आर्थिक र राजनीतिक रूपमा सङ्कटको भुमरीमा छ । अर्थतन्त्र टाट पल्टेको छ । ग्यास, पेट्रोल, दूध, खाद्यान्नलगायत दैनिक जीवनयापनका सामग्रीको जोहो गर्न टण्टलापुर गर्मीमा सर्वसाधारण लामो लाममा बस्नुपर्छ । पा
सङ्क्रमणकालीन न्यायको निकाससङ्क्रमणकालमा वैकल्पिक न्याय प्रणाली नै सङ्क्रमणकालीन न्याय पद्धति हो । पुरानो व्यवस्था बदलिएको, नयाँ व्यवस्था पूर्ण भइनसकेको अवस्थामा र युद्ध वा विद्रोहसँग सम्बन्धित घटना हेर्ने युद्धरत दुई पक्षको सहमतिबाट तय गरिएको न्याय पद्धति नै सङ्क्रमणकालीन न्याय हो । यस्तो सहमति आपसमा वार्ता गरेर वा कसैको मध्यस्थतामा भएको हुन्छ । यो सङ्क्रमणकालमा युद्धरत दुई पक्षका संयन्त्रको हकमा मात्र लागू हुन्छ ।
गत साता हामीले गुरुपूर्णिमा मनायौँ । सामाजिक सञ्जालमा गुरुभक्तिका सन्देशहरू प्रवाह ग¥यौँ । गुरुको महिमा र आदर्श योभन्दा धेरै छ । आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार हुन् । देश हाँक्ने जनशक्ति हुन् । उनीहरूलाई सक्षम, सबल बनाउने मुख्य जिम्मा शिक्षकको नै हो ।
नागरिक सहभागिताबाट निर्माण भएको नेपालको संविधानले शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने व्यवस्था गरिएको छ ।
धार्मिक, सांस्कृतिक, जातीय र जैविक विविधताको धनी मुलुक नेपालको विशेषता भनेकै यहाँका चाडपर्व हुन् । यिनै चाडपर्वमध्ये साउने अर्थात् कर्कट सङ्क्रान्तिको आफ्नै महत्त्व छ । साउने सङ्क्रान्ति वैदिक सनातन धर्मावलम्बीका लागि विशेष दिन हो । यो दिनलाई उत्सवकै रूपमा मनाइन्छ, परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । धार्मिक मान्यता र गणितीय हिसाबबाट तिथि, बार, महिना, मसान्त, सङ्क्रान्ति, औँसी, पूर्णिमालगायत जीवनशैलीमा महत्त्व राख्ने चाडपर्वकै निरन्तरता हो साउने सङ्क्रान्ति ।
लुम्बिनी प्रदेश सरकारले साउन १ गते आइतबारदेखि सरकारी अस्पतालबाट सेवा लिने बिरामीका लागि रगतसम्बन्धी सबै सेवा शुल्क निःशुल्क उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नयाँ आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशका कुनै पनि सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो ।
ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मध्यतमोर जल विद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मध्य तमोर जल विद्युत् आयोजना कुल ७३ मेगावाट क्षमताको हो ।आयोजनाले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबार राति १०ः३० बजेतिर सुरुङ छेड्ने कार्य (ब्रेक थ्रु) सम्पन्न भएको जनाएको छ ।
मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । यस आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि ८ सम्म शतप्रतिशत दलित समुदायका विद्यार्थीमात्रै अध्ययनरत छन् ।
पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ।
सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्र भएर भूकम्प गएको छ।