• १४ वैशाख २०८१, शुक्रबार

७० वर्षीय पुरुष मृत फेला

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन १८ गते । गुल्मीमा एक पुरुष मृत फेला पर्नुभएको छ । बिहीबार जिल्लाको मालिका गाउँपालिका –३, ह्वाङ्दीका ७० वर्षीय नन्दे विक मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार बिहान अन्दाजी ५ बजेको समयमा सोही गाउँपालिकाको वडा–२, दर्लिङमा रहेका आफ्ना भतिजाको घर भेटघाटका लागि गएका विक साँझ ४ः३० बजे त्यहाँबाट फर्किनुभएको थियो । साँझसम्म घर नआएको कारण आफन्तहरूले खोजतलास गर्दा उहाँ मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार खोजतलास गर्दैजाँदा पासेखोलास्थित कच्ची मोटर बाटोबाट अन्दाजी ३०० मिटर तल मृत अवस्थामा फेला पर्नुभएको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमान्डमा ५ जनाको टोली उक्त स्थानतर्फ लागेको उहाँले बताउनुभयो ।