• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभा बैठक स्थगन

blog

काठमाडौं, साउन १८ गते । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । नेकपा (एमाले) को अवरोधपछि आज (बिहीबार) को बैठक स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ ।

आजको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाउनुभयो । “सुन तस्करी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।” उहाँले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्करका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र  उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गर्नुभयो । उहाँले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गर्नुभएको थियो । अध्यक्ष तिमिस्लिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो । रासस