• २९ वैशाख २०८१, शनिबार

सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

blog

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । फाइल तस्बिर

काठमाडौं, साउन ७ गते । नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।मन्त्रालयले  आइतबार सचिवस्तरीय निर्णय अनुसार सबै विभागका महानिर्देशक  र सबै अस्पतालहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । 

पत्रमा स्वास्थ्य सेवा तथा निजामती सेवातर्फका सम्पूर्ण कर्मचारी नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको विषयमा कार्यालय प्रमुखलाई नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्न आग्रह गरेको छ । 

साथै मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने पत्राचारमा उल्लेख गरिएको छ।