• १४ वैशाख २०८१, शुक्रबार

वैदेशिक रोजगारीमा ठगिएकाे रकम फिर्ता

blog

जनार्जन खत्री

सर्लाही, असार ११ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको रकम फिर्ता गराएको छ । जिल्लाको चक्रघट्टा गाउँपालिका–३ का सूर्याकुमार साहलाई जिल्ला प्रशासन कार्यालयले ठगी भएको दुई लाख रुपियाँ रकम फिर्ता गराइदिएको हो । 

साहलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ईश्वरपुर नगरपालिका–३, का वीरेन्द्र साहले दुई लाख रुपियाँ लिएको तर पछि विदेश नपठाएपछि पीडितका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा ठगी गर्ने व्यक्तिसँग रकम फिर्ता गरी सोमबार सूर्याकुमारका आमा रामरिखी देवीलाई रकम फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको हातबाट रामरिखी देवीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । 

वैदेशिक रोजगारीको नाममा भएका यस्ता किसिमका ठगीको घटनाबारे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिनसक्ने कानुनी व्यवस्था छ ।