शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते। अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको दिन सोमबार तनहुँमा एक मजुरको पर्खालले च्यापिएर मृत्यु भएको छ।
सोमबार बिहान व्यास नगरपालिका वडा नम्बर ४ बाघबजारमा रहेको दमौली पार्टी प्यालेसको पर्खाल भत्काउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो।
तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपे स्थायी घर भएर सदरमुकाम दमौलीमा मजदुर काम गर्दै आउनुभएका ३२ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो। 
गुरुङलाई पर्खालले च्यापिएर गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ।  गुरुङलाई उपचारको लागि दमौली अस्पतालमा लगिएकोमा उपचारकोक्रममा मृत्यु भएको हो।  
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                