• १४ वैशाख २०८१, शुक्रबार

कला लेखन अभिमुखीकरण

blog

काठमाडौँ, वैशाख ९ गते  । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र नेपाल ललितकला पत्रकार समाज (सोफाज) नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘कला पत्रकार र कला लेखन अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सोफाजले नेपाली कलालाई समाजसम्म पु-याउन योगदान गरिरहेको चर्चा गर्दै यस्ता कार्यक्रमले ललितकलाकै हितमा काम हुने बताउनुभयो । प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कार्यक्रममार्फत कला पत्रकारिताका चुनौती र समस्या पहिल्याउन सहयोग पुग्ने बताउनुभयो । 

सोफाज नेपालका अध्यक्ष केशवराज खनालले आफू कलाकार भइकन कलामा लेख्ने रुचिले कला लेखनमा लागेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक विष्णु ज्ञवालीले कला पत्रकारिता तथा प्राज्ञिक लेखनको महìव र यसका विविध आयामबारे चर्चा गर्नुभयो । उहाँले प्राज्ञिक लेखनका विशेषता, प्राज्ञिक लेखनको प्रक्रिया, प्राज्ञिक लेखनमा सैद्धान्तिक पर्याधारलगायतका विषय पनि उल्लेख गर्नुभयो । 

कार्यक्रमममा सदस्यसचिव थुम्केलीले प्रतिष्ठानले जेठ १५ गते राष्ट्रिय कला प्रदर्शनी गर्ने र राष्ट्रिय ललितकला सम्मेलन गर्ने समेत जानकारी दिनुभयो । मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोको सभापतित्वमा भएको कार्यक्रममा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ र कला पत्रकार सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।