शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १ गते । डल्लु आवासीय विद्यालयले २५ औँ रजतजयन्ती मनाएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा रजतजयन्ती कार्यव्रmम आयोजना गरिएको थियो । कायक्रममा ‘डल्लु आवासीय विद्यालय रजत स्मारिका २०८१’ को विमोचनसमेत गरिएको थियो ।
महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलले स्थापनाको २५ औँ वार्षिक उत्सव मनाउन सफल विद्यालयले यस अवधिमा गरेका उपलब्धिपूर्ण शैक्षिक गतिविधिको प्रशंसा गर्नुभयो । सो अवसरमा विद्यालयमा निरन्तर रूपमा २५ र १५ वर्ष सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मानद्वारा सम्मानित गरिएको थियो ।