• १४ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

blog

अविनाश चौधरी

धनगढी, चैत २३ गते । सुदूरपश्चिम प्रदेशमा बिहीबार मात्र २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७८० एन्टिजेन र २४ पीसीआर विधिबाट परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये २१ र पीसीआर परीक्षण गरिएकामध्ये तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुन: सुरु भएसँगै केहि दिनमै सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ पुगेको निर्देशनालयले जनाएको छ । 

सुदूरपश्चिमेलीहरु बिसु पर्व मनाउनका लागि अहिले भारतबाट फर्किने क्रम बढेको छ । उनीहरु फर्किन थालेसँगै कोरोना सङ्क्रमण पुन: बढ्न थालेको छ । संक्रमण पुष्टि भएकामध्ये १४ जना बिहीबार नै  भारतबाट फर्केकाहरु रहेको जनाइएको छ ।