• १४ वैशाख २०८१, शुक्रबार

रविविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम रहने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । फाइल तस्बिर

वसन्त पराजुली 

भरतपुर, चैत २२ गते । निर्वाचन कार्यालय चितवन क्षेत्र –२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन उजुरीमा दावी नपुग्ने भन्दै खारेज गरेको छ । यो निर्णयसँगै चितवन क्षेत्र २ मा लामिछानेको उम्मेदवारी कायमै रहने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।

रविविरुद्ध दायर तीनवटा उजुरीको टुङ्गो लगाउँदै कार्यालयले उम्मेदवारी कायम रहने निर्णय गरेको हो । “निवेदनमा मागदावि अनुसारको प्रमाण नपुगेपछि उम्मेदवारी कायमै रहने निर्णय भयो” आचार्यले भन्नुभयो ।

यसअघि लामिछानेले पनि नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको कुनै कारण नभएको बताउनुभएको थियो । चितवन क्षेत्र २ मा बैशाख १० गते उपचुनाव हुँदैछ । निर्वाचनका लागि दायर उम्मेदवारमध्ये लामिछानेविरुद्धमा चार वटा उजुरी परेका थिए ।