• १४ वैशाख २०८१, शुक्रबार

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

blog

जुम्ला समाचारदाता

जुम्ला, चैत ९ गते । तातोपानी गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलोका लागि महिला स्वास्थ्य स्वंसेविकालाई मोबाइल वितरण गरेको छ। 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना प्रवाह प्रभावकारी बनाउन मोबाइल सेट वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले हाल २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गर्नुभयो। गाउँपालिकामा जम्मा ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिने कार्यक्रम रहेको बताइन्छ। 

महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको हो। स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकोमा धन्यवाद दिँदै अन्य व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो। स्वास्थ्य संयोजक चौलागाईंका अनुसार अहिले तातोपानी गाउँपालिकाले मासिक पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र सङ्घीय सरकारले बर्सेनि पोसाकसहित २२ हजार रुपियाँ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।