• १४ वैशाख २०८१, शुक्रबार

नेप्से परिसूचक १३.७१ अङ्कले गिरावट

blog

काठमाडौं, माघ ९ गते । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।  सोमबार नेप्से १३.७१ अङ्क घटेर २१६५.१० बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका २५७ कम्पनीको एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेसँग कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब पाँच अर्बको शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अङ्क बढेको छ । तर, यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा गिरावट आए पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।