• १४ वैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनामा परी छोराको मृत्यु आमा घाइते

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस ६ गते । कैलालीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका  छन् । बुधबार बिहान गोदावरी नगरपालिका ६ लालपुरमा टिप्परले अटोलाई ठक्कर दिँदा अटोमा सवार पेन्टी ठकुल्ला घाइते हुनुभएको हो । उहाँको तीन वर्षीय छोरा भरत ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ठकुल्ला सवार सुपप ०१००१ ह ४९१८ नम्बर अटोलाई विपरीत दिशाबाट आइरहेको सुपप्र ०१००१ क २०२० नम्बर टिप्परले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लालपुरमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

दुर्घटनाबाट गम्भीर घाइते भएका भरतको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टाउको र हातमा चोट लागेका पेन्टीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ  । टिप्पर चालक प्रदीप चौधर र अटोचालकलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि पीडित पक्षले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन् ।