• १४ वैशाख २०८१, शुक्रबार

धनुषामा एक महिलाको हत्या

blog

महिलाको हत्या भएको घर । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, मङ्सिर २६ गते । धनुषामा एक महिलाको हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरमा २७ वर्षीया रीतादेवी यादवको हत्या भएको प्रहरीले जानकारी दिएको छ । 

घरमा सुतिरहेको अवस्थामा आइतबार राति ११ बजे धारिलो हतियार प्रहार गरी रीतादेवीको हत्या भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताउनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रीतादेवीको उपचारको क्रममा जनकपुरस्थित काव्य अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

हत्या सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।