• २९ वैशाख २०८१, शनिबार

खेलकुद प्रतियोगिताले होटल भरिभराउ

blog

नवीन शिशिर विक

बागलुङ, असोज ३१ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलकुद प्रतियोगिता जिल्ला तहमा सञ्चालन भए पछि सदरमुकाम बागलुङ बजारका होटलहरु भरिभराउ भएका छन् । 

बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सयौँको सङ्ख्यामा खेलाडी, रेफ्रि, प्रशिक्षक तथा खेलसँग सम्बन्धित व्यक्तिहरू बागलुङ आए पछि होटल व्यवसाय गतिशील भएको हो । 

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी करिब पाँच सय हाराहारीमा खेलाडी, प्रशिक्षक गरी करिब पाँच सयको हाराहारीमा बागलुङ नगरपालिकाका नगरप्रमुख एवं आईटिएफ तेक्वान्दो सङ्घका केन्द्रीय सचिव राजु खड्काले बताउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख एवं आईटिएफ तेक्वान्दो सङ्घका केन्द्रीय सचिव राजु खड्काले बागलुङका नौ वटा होटलमा खेलाडी, प्रशिक्षक एवं अफिसियलहरुलाई राखिएको बताउनुभयो । 

तीन विभागीय टोलीका खेलाडीहरू आन्तरिक रूपमा विभाग मातहतकै कार्यालय भित्रै बसेको र अन्य सात प्रदेशका खेलाडीहरू होटलमा बसेको बताउनुभयो । खेलाडीहरूलाई होटलको सेवा सुविधाको बारेमा जानकारी गराएपछि आफ्नो चाहना अनुरूप रोजेर बसेको बताउनुभयो । खेलाडीहरूले दैनिक ८५० देखि १ हजार चार सय रुपियाँसम्म तिरेर होटलमा बसेका छन् ।

खेलाडी आए पछि बजारका होटलहरु भरिभराउ भएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । ‘प्रतियोगिताले होटल व्यवसाय चलायमान भएको छ’ उहाँले भन्नुभयो–‘हाम्रो क्षमताले भ्याएसम्मको सुविधा दिएका छौँ ।’

जिल्लामा आएका खेलाडी, प्रशिक्षक र अफिसियललाई पर्यटकीय स्थानहरूमा जानको लागि बसको समेत व्यवस्था गरिएको छ । धौलागिरि गण्डकी तथा बागलुङ भगवती यातायात प्रा.लिसँग सल्लाह गरेर प्रतियोगिताका लागि जिल्लामा आएका खेलाडीलाई सस्तो शुल्कमा पर्यटकीय स्थानहरू घुमफिर गर्ने र होटेलदेखि खेलस्थानसम्म लैजानको लागि व्यवस्था गरिएको छ । 

बागलुङ बजार नजिकै रहेका बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट धाम, कुँडुलेको शालिग्राम संग्राहलय, नेपालकै लामो झोलुङ्गे पुलहरू जिल्लामा आएका पर्यटकहरूको रोजाइमा परेका छन् ।