• १४ वैशाख २०८१, शुक्रबार

बैतडीमा जिप दुर्घटना, चालक घाइते

blog

साङ्केतिक तस्बिर

गोकर्ण दयाल
बैतडी, असोज १३ गते । 
बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । बिहीबार बिहान बैतडीको दशरथचन्द नगरपालिका–११ नागार्जुन सडक खण्डको बर्तोलीबाट त्रिपुरा आउँदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ न.को जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जिपमा यात्रु नरहेकाले चालक सुर्नया गाउँपालिका–३ बस्ने ३५ वर्षीय पृथ्वी भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागार्जुनको बर्तोलीबाट जिप सदरमुकामको त्रिपुरा आउँदै गरेको बेला दुर्घटना भएको छ । कच्ची सडकमा जिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको छ । दुर्घटनामा चालकको टाउकोमा चोट लागेकाले थप उपचारका लागि बैतडी अस्पतालबाट डडेल्धुरा पठाइएको छ ।”

जिल्ला घाइते चालकको टाउकोमा चोट लागेकाले थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ । घटनास्थलमा स्थानीय प्रहरी चौकी नागार्जुनबाट प्रहरी वरिष्ठ हवलदार तेजबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइते चालकलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।