• १४ वैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

blog

प्रधानमन्त्री निवास बालुवाटारमा जारी पाँच दलीय सत्ता गठबन्धनको बैठक ।

काठमाडौं, असोज ११ गते । पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक जारी रहेको जनता समाजवादी पार्टीका नेता मनीष सुमनले जानकारी दिनुभयो ।

बैठकमा कार्यदलहका सदस्यहरु नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुन, गिरीराजमणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका मनिष सुमन र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुगा पौडेललगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

निर्वाचन आयोगको असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने कार्यतालिका छ । गठबन्धनका नेताहरुले हालसम्म ८० प्रतिशत सिटमा सहमति जुटेको बताउँदै आएका छन् ।