• १४ वैशाख २०८१, शुक्रबार

नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

blog

काठमाडौं, असोज ४ गते । चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक सङ्घकोे दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आज (मङ्गलवार)बाट सुरु भएको छ ।

मङ्गलवार र बुधवार दुई दिन चल्ने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष डा. लोचन कार्कीले सम्मेलन यो वर्ष नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो  ।

डा. कार्कीका अनुसार यो पटक सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर, चिकित्सा शिक्षामा चुनौती र अवसर सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर खोप औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण नेपालमा मेडिकल टुरिजम र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुनेछ ।

सङ्घकाे जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने सङ्घको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको हो ।