• १४ वैशाख २०८१, शुक्रबार

घट्दै कोरोना सङ्क्रमणदर, २४ घण्टामा ९१ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, असोज ३ गते । कोरोना सङ्क्रमणदर घट्दै गइरहेको छ । पछिल्लो केही दिनदेखि एक सयभन्दा कममा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार तीन हजार ९२४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार ४८८ जनाको पीसीआर परीक्षणबाट ७५ र एक हजार ४३६ जनाको एन्टीजेन परीक्षणमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४० जना छन् । सक्रिय सङ्क्रमितमध्ये एक हजार ६७८ जना हाम आइसोलेसनमा र ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २० जनाको आइसियूमा उपचाररत छन् ।

काठमाडौंमा पाँच सयभन्दा बढी, ललितपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार १३ जिल्लामा भने सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।