• १४ वैशाख २०८१, शुक्रबार

तीन सवारी साधन एकआपसमा ठोक्किँदा एकको मृत्यु, नौ जना घाइते

blog

एक आपसमा ठोक्किएर दुर्घटनामा परेको सवारी साधन । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ ३ गते । बाँकेको बैजनाथ गाउँपालिका –५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने संगमचोक नजिकै शुक्रबार मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।

सवारी साधनहरू ठोक्किँदा ट्रक र म्याजिक सडकबाट तल खसेका थिए । दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका –४ का रामबहादुर कुँवरको मृत्यु भएको डीएसपी मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन् ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।