• ३१ वैशाख २०८३, बिहिबार

नेपाल निर्माणको ढाँचा कसैले प्रस्तुत गर्न सकेनन् : वामदेव गौतम

blog

राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम । फाइल तस्बिर

काठमाडौं, माघ २४ गते। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल निर्माणको ढाँचा कसैले प्रस्तुत गर्न नसकेको बताउनुभएको छ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको बताउनुभएको हो। उहाँले अहिलेसम्म नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले दिन नसकेको गुनासो गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो। नेपाली जनताको हो। यो संविधान जारी गर्नेहरूको हो। बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन्। आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न सक्नुभएको छैन। आज पनि हामीले ढाँचा दिन सकेका छैनौँ। हामी उदाहरण दिन्छौँ। यो देश यसरी गयो भनेर तर नेपाल कसरी जान्छ भन्ने  हामीले पनि भन्न सकेका छैनौँ। यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाइ लाग्छ।’’

सांसद गौतमलै अहिले नेपाली अर्थतन्त्र निकै धराशायी बनिरहेको बताउनुभयो।