• १० जेठ २०८१, बिहिबार

भुटानमाथि नेपालको कठिन जित

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भुटानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ २१ गते । नेपालले बङ्गलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानमाथि कठिन जित निकालेको छ ।

ढाकाको विएसएसएस रङ्गशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो । नेपालको जितमा सेनु परियारले ५४औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग १०–० गोलले पराजित भएको थियो ।

दोस्रो हारसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब लिग चरणको अन्तिम खेल मङ्गलबार भारतसँग खेल्नेछ । शीर्ष दुई टोलीबिच फाइनल हुनेछ ।