• ५ जेठ २०८१, शनिबार

एसियन कप फुटबल : आयोजक कतार सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै कतार र उज्वेकिस्ताका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, मा३ २१ गते । आयोजक कतार एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सावि विजेता रहेको कतारले आइतबार राति भएको खेलमा उज्वेकिस्तानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । 

कतारलाई जिताउन गोलरक्षक मिशाल बार्शामले टाइब्रेकरमा उज्वेकिस्तानको तीनवटा प्रहार बचाउनुभएको थियो । निर्धारित समय र अतिरिक्त समयको खेल ११ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । यसअघि कतारले निर्धारित समयको २७औँ मिनेटमा उज्वेकिस्तानका उत्किर युसुपोभको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो । 

उज्वेकिस्तानका ५९औँ मिनेटमा ओदिलजोन खाम्रोबेकोभको गोलका बराबरी गरेको थियो । अतिरिक्त समयमा गोल थप्न नसक्दा उज्वेकिस्तान अभागी बन्यो । सेमिफाइनलमा कतारले इरानसँग खेल्नेछ । इरानले जापानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया भिड्नेछन् । एजेन्सी