• १६ भदौ २०८१, आइतबार

‘युगको तटमा उभिएर’ लोकार्पण

blog

काठमाडौँ (गोरखापत्र), माघ १ गते । विमल वैद्यको कवितासङ्ग्रह ‘युगको तटमा उभिएर’ शनिबार एक समारोहबिच लोकार्पण गरिएको छ । कवि एवं संस्कृतिविद् तुलसी दिवस, गीतकार गणेश रसिक साथै कवि महेश पौड्याल र मोमिलाले संयुक्त रूपमा कवितासङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।

पेज ट्रनर प्रालिले प्रकाशनमा ल्याएको सङ्ग्रह लोकार्पण समारोहमा साहित्यकार राजेन्द्र सलभ, व्रजेश खनाल, स्नेह सायमी र प्रज्वल अधिकारीले विमल वैद्यले सिर्जना गरेका कविता वाचन गर्नुभयो । संस्कृतिविद् दिवसले कविता लेखेर केही हुँदैन भन्नेलाई वैद्यको सिर्जनाले नयाँ सन्देश दिन चाहेको बताउनुभयो । ३८ वटा कविता समावेश गरिएको सङ्ग्रह वैद्यको चौथो कविता कृति हो । समारोहमा गीतकार रसिक, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले वैद्यको साहित्य सिर्जनाको प्रशंसा गर्नुभयो ।