• १० मंसिर २०८१, सोमबार

पृथ्वीनारायण (कविता)

blog

  ध्रुवताराका जस्तै अनेकौँ लोककथा सुन्दै 

दरबारमा हुर्केको युवराज

जोसजाँगर र बुद्धिले 

सूर्य बनेर चम्किरह्यो

नेपाली धर्तीमा,

वीर भनेर चिनियो 

विश्वको इतिहासमा ।।


ऋषिहरूको भूमिमा 

वेदको महìव बुझ्दै 

अगाडि बढेको युवराजले 

अनन्तसम्म देश चलिरहोस् भनी दियो 

युगीन संविधान दिव्योपदेश ।।


नेपाली जनमत भन्छः

समय एक एक पल बढ्दा 

महìव दुईगुना बढ्ने

दिव्योपदेशको पथमा अघि बढोस्

नेपाली धर्ती र आकाश ।।


माला उन्दा 

फूलहरू चँुडिए जस्तै 

महाअभियानमा रगत आहुति दिने

पुर्खाहरू हुन् 

वीर नेपाली भनी 

विश्वभर चिनाउने पहिलो आधार ।।

इतिहासले दिएको जिम्मेवारी 

हिमालले दिएको सन्देश 

धर्तीको आशीर्वाद 

जोसिला हृदयहरूका साथले 

भूगोल, भाषा, 

सभ्यता र संस्कृतिसहितको 

बनाए आधुनिक नेपाल ।।


आकाशमा चन्द्र सूर्य रहुन्जेल

नेपाल रहेन छ

त्यही बेलासम्म रहने छन्

पृथ्वीनारायण  

नेपाली जन जनमा

नेपाली मन मनमा  ।।