• १० मंसिर २०८१, सोमबार

मजबुरी (कविता)

blog

देशको बलो छानो धुरी समाएर,

त्यो युवक बसेको छ मजबुरी समाएर ।


बा बर्खाभरि यही खेतमै सुते,

साहु हिँड्यो धान मुरिका मुरि समाएर ।

यो विज्ञान जुधाउने युग हो,

पर्ख अघि नसर त्यसै खुकुरी समाएर । 

पसिनाको बास्ना खेतमा उभिँदा थाहा हुन्छ,

के बजार्छाैं ढुङ्गा इँटा सडकमा बहादुरी समाएर । 

बिचमा बाङ्गिएको लौरो आमाबालाई दियौँ,

खुब घुमाएथे बचपनमा पाखुरी समाएर । 

कानुन ऊ त्या भित्र मन्थन हुन्छ,

निमुखा गेटमा बसिरहन्छ उजुरी समाएर ।