• १५ मंसिर २०८१, शनिबार

स्थानीय मदिरालाई वैधता दिने कानुन बनाउँदै पालिका

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २७ गते । कास्कीको रुपा गाउँपालिकाले स्थानीय मदिरालाई वैधता दिँदै ब्रान्डिङ गर्ने व्यवस्थासहितको कानुन बनाउने भएको छ । पालिकाको गाउँपालिकाको हिउँदे अधिवेशनमा यससम्बन्धी विधेयक पेस भएको हो ।  

सङ्घीय सरकारसँग समन्वय गरी स्थानीय मदिराको मापदण्ड र त्यसको गुणस्तर मापन गर्ने प्रयोगशाला लगायतका संरचना बनाउने तयारी छ । “गाउँसभामा पेस भएको विधेयक छलफल गरी पारित गर्छाैं, मदिरामा लाग्ने कर अन्तःशुल्कको विषयमा पनि समन्वय गर्छाैँ,” उहाँले भन्नुभयो । 

स्थानीय कोदोबाट बनाइने मदिरालाई व्यावसायिक रुपमा उत्पादन गर्न १४ औं गाउँसभाबाट कानुन बनाउन लागिएको हो । स्थानीय मदिरामा अखाद्य वस्तु नहुने र मापदण्ड तथा गुणस्तर कायम गर्ने व्यवस्था मिलाइने उहाँ बताउनुहुन्छ । 

रुपा गाउँपालिका रहेको गण्डकी प्रदेशको सरकार पनि स्थानीय मदिरालाई वैधता दिने कानुन बनाउने तयारी गरेको छ । रुपाले भने यसै वर्ष यो ऐन कार्यान्वयनमा लैजाने तयारी गरेको छ । रुपाले एक घर, एक घार कार्यक्रम चलाइरहेको छ ।