• ७ जेठ २०८१, सोमबार

भूकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै । तस्बिर : बासुदेव शर्मा

बासुदेव शर्मा 

जाजरकोट पुुस २३ गते । राधामाधव समितिले भूकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गत कात्तिक १७ गतेको भूकम्पले पीडित नलगाड नगरपालिकाका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । 

हिउमन च्यारिटी फाउण्डेशन नेपालको सहयोगमा राधामाधव समितिले नलगाड नगरपालिकाका विभिन्न वडास्थित भूकम्पको जोखिममा रहेका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । 

नलगाड नगरपालिका–३ चाउलेचौर नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा  पठनपाठन गर्ने ६५ जना, वडा नम्बर ४ लहँस्थित भानुभक्त प्राथमिक विद्यालयमा अध्ययनरत १०७, मानचौर स्थित जनजागरण प्राथमिक विद्यालयका ३४, हिमालय प्राथमिक विद्यालयका ३५, रामभक्त प्राथमिक विद्यालयका ३३ जना विद्यार्थीलाई ऊनको न्यानो टोपी र स्विटर वितरण गरेको राधामाधव समितिका ओमप्रकाश राठौरले बताउनुभयो । 

गत मङ्सिर २४ गते नलगाड नगरपालिका पाली स्थित सिद्ध साईँकुमारी प्राथमिक विद्यालय, कल्पतको शिवशङ्कर आधारभूत विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ४५० जना विद्यार्थीलाई न्यानो स्विटर टोपी वितरण गरिएको राठौरले बताउनु भयो । 

भूकम्पका कारण जोखिममा रहेका व्यक्तिलाई उद्धार गर्नु त्यो भन्दा ठुलो पुण्यको काम अरू छैन भन्दै राधामाधव समितिले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर गरेको छ ।