• १३ मंसिर २०८१, बिहिबार

सडकबाट खसेर युवकको मृत्यु

blog

पुस, खलङ्गा (दार्चुला) १३ गते । दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी-तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काभेटरमा सहयोगीका रुपमा काम गर्दै आउनु भएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खस्नु भएके हो । 

सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । धामी सडकबाट पाँच सय मिटर तल खस्नु भएको थियो । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको टोली घटनास्थल पुगेको छ । रासस