• १३ मंसिर २०८१, बिहिबार

धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट

blog

धनगढी उपमहानगरपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, पुस ८ गते । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कैलाली जग्गा तथा आवास विकास सङ्का अध्यक्ष उपेन्द्र अवस्थीले सो कार्यविधिविरुद्ध धनगढी उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको हो । 

नगर प्रमुखको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै १९ वटै वडाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्यहरुले कार्यविधि खारेजीको माग गरेको र यसले जग्गा व्यवसायीलगायत धनगढीवासीलाई समेत अप्ठ्यारोमा पार्ने किसिमले निर्णय भएकोले रिट दिएको अवस्थीले उल्लेख गर्नुभएको छ । मुद्दाको पेशी पुस ११ गते तोकिएको छ । 

यसैबीच, धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले प्रक्रिया विपरित कार्यविधि आएको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज धनगढी उपमहानगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यविधि चोर बाटोबाट ल्याइएको जिकिर गरेका छन् ।