• १२ साउन २०८१, शनिबार

बिरोधले मात्र देश बन्दैन : कानुनमन्त्री गुरुङ

blog

हङकङ पार्कमा राखिएको बुद्धको मूर्तीको कानुनमन्त्री धनराज गुरुङले अनावरण गर्दै । तस्विर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर २३ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिरोधले मात्र देश नबन्ने बताउनुभएको छ । पुतलीबजार नगरपालिका –१ मा हङकङ पार्कको उद्घाटन गर्दै शनिबार मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

राम्रो काम गरिरहेको सरकारलाई बिरोध गरेर आफ्नो हैसियत नदेखाउन दललाई आग्रह गर्नुभयो । काम गरेको बेलामा सहयोग गर्न आग्रह गर्दै देश बनाउन मिलेर जानुको बिकल्प नरहेको मन्त्री गुरुङको भनाइ छ । 

देशको शत्रु भ्रष्टाचार भएको बताउदै बिरोधभन्दा पनि सत्ता तथा प्रतिपक्ष सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । आफु जन्मेको जिल्लालाई राम्रो बनाउन आफ्नो प्रयास सधै रहने बताउँदै मन्त्री  गुरुङले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । 

बिगतमा फोहोर रहने ठाउँ पार्क बनेको बताउँदै मन्त्री गुरुङले पार्क बन्नु मात्र नभइ मानबीयता जोडिएको बताउनुभयो । जनता शिरमा राखेर राजनीति गर्नुपर्ने बताउँदै जनतालाई भुइँमा राखेर गर्ने राजनीतिको अन्त्य गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा संघीय सांसद राजु थापाले नेपाल भूमि खण्डहर हुन लागेको भन्दै यहाँको विकासका लागि युवाहरु स्वदेश फर्किनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता सुन्दास, नगरपालिका प्रमुख तुलसीराम रेग्मी, पूर्वप्रमुख सिमा क्षेत्रीलगायतले मन्तब्य राख्नुभएको थियो । 

चार लाख सहयोग 

गल्याङ नगरपालिका घर भइ हङकङमा कार्यरत रहेको क्रममा मृत्यु भएका ५१ बर्षीय राजु रानाको परिवालाई आर्थिक सहयोग गरिएको छ । स्व. रानाको छोरी आरती र दिब्य रानालाई चार लाख एक हजार ६८३ रुपियाँ समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङले सहयोग गर्नुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार निर्जला गुरुङले गीत तथा नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेको थियो ।