• १२ साउन २०८१, शनिबार

बाङसिङमा स्वास्थ्य चौकीको नयाँ भवन

blog

स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १७ गते ।
 आँधीखोला गाउँपालिका–४ बाङसिङमा स्वास्थ्य चौकीको नयाँ निर्माण भवनको निर्माण गरेको छ । पुरानो चुहिने भवनबाट सेवा दिँदै आएकोमा अब नयाँ भवनबाट सेवा प्रदान गर्ने छ ।

गाउँपालिका अध्यक्ष विश्व पौडेलले स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै वडाको केन्द्र बिन्दुमा स्वास्थ्यचौको नयाँ भवन निर्माण गरेको बताउनुभयो ।

चुहिने भवनमा सेवा दिँदा सेवाग्राही र कर्मचारीलाई असहज भएको बताउनुहुँदै पौडेलले अब सुविधा सम्पन्न भवनबाट सेवा स्थानीयले पाउने बताउनुभयो ।

भवनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेलले मानव जीवनमा स्वास्थ्य सेवा सबै पहिला आवश्यक रहेको बताउनुभयो ।

पालिकाका सबै नागरिकलाई घर गाउँमा सेवा प्रदान गर्ने उद्देश्यले आफू अध्यक्ष हुँदा सुरुवात गरेको र निर्माण सम्पन्न भएको बताउनुभयो ।

भवन पालिकाको एक करोड ५३ लाख ९० हजार पाँच सय रुपियाँ २९ पैसा लगानीमा निर्माण गरिएको ।

इन्जिनियर प्रकाश पौडेलले सुन्दर निर्माण सेवा कास्कीले निर्माण गरेको टी टाइपमा आरसिसी १२ कोठे भवन रहेको बताउनुभयो ।

निर्माण कम्पनीले २०७७ पुस ३० गते सम्झौता गरेर भवनको निर्माण गरेको पौडेलले बताउनुभयो ।

स्वास्थ्य चौकी भवनमा ल्याब, प्रसूति, जाँच कक्ष, आवास, शौचालय निर्माण गरिएको हो भने यहाँ वडा नं ४ र ५ का सेवाग्राहीले सेवा पाउने छन् ।

पुरानो चुहिने भवनबाट सेवा लिँदै आएका यहाँ स्थानीयले सुविधा सम्पन्न भवन बनेसँगै हर्षित भएका छन् ।