• १६ असार २०८१, आइतबार

घरेलु मैदानमा रियलको सहज जित

blog

गोल गरेपछि रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, मङ्सिर १७ गते । उपाधि दाबेदार टोली रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले ग्रानाडालाई २–० गोलले हरायो ।

रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले गोल गर्नुभयो । एकपक्षीय खेलमा रियलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । २६औँ मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको रियलको १५ खेलबाट ३८ अङ्क पुगेको छ । पराजित ग्रानाडा सात अङ्कसहित १९औँ स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको जिरोनाको समान ३८ अङ्क भए पनि हेड टु हेडका आधारमा पछि छ ।

शनिबार राति नै भएको खेलमा जिरोनाले भ्यालेन्सियालाई २–१ गोलले हराएको थियो । अर्को खेलमा एथलेटिको बिल्वाओले रायो भालेकानोलाई ४–० गोलले हरायो । ओसासुना र रियल सोसिडाडले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी