अनिल पराजुली
हेटौँडा, कात्तिक ३० गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. १ रानीशेरामा बारीमा लडेर एक वृद्धाको मृत्यु भएको छ ।
आफ्नै बारीमा लडेर मकवानपुरगढी–१ की ६२ वर्षीय बिष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कात्तिक २७ गते बेलुका घरबाट हिँड्नुभएकी बम्जनले बेला बेलामा मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीको भनाइ छ ।
बुधबार साँझ बम्जन घरदेखि २०० मिटर दक्षिणमा रहेको आफ्नै बारीमा लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । बम्जनको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।