• १२ साउन २०८१, शनिबार

जाजरकोट भूकम्प

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, कात्तिक १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएराति गएको  भूकम्पबाट भएको  मानवीय र भाौतिक क्षतिले  आफू मर्माहत भएको  बताउनुभएको छ ।

उहाँले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ ।

भूकम्पबाट अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउने क्रम जारी छ । 

यो पनि पढ्नुहोस

जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो