• ११ मंसिर २०८१, मङ्गलबार

‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट

blog

काठमाडौँ, कात्तिक १५ गते । चलचित्र ‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको छ । कात्तिक २२ देखि मङ्सिर १७ सम्म संयुक्त राज्य अमेरिकाको लस एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको नवौँ संस्करणको प्रतिस्पर्धात्मक खण्डमा चलचित्र छनोटमा परेको हो ।

यसले एसियाली मुलुकका दर्जनौँ चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यस वर्ष ओस्कारमा सिफारिस भएका अन्य एसियाली मुलुकका चलचित्रहरू पनि प्रतिस्पर्धाका लागि छनोटमा परेका छन् । फेस्टिभलको दौरान ‘हल्कारा’ कात्तिक २४ साँझ ४ बजे र कात्तिक २५ गने राति ९:३० बजे स्क्रिनिङ हुने तालिका रहेको छ । त्यसपछि निर्देशक विक्रम सापकोटासँग प्रश्नोत्तर सेगमेन्ट पनि रहेको छ ।

महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय रहेको चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुनुहुन्छ । चलचित्र कवि विप्लव प्रतीक र आकाश बरालले सहलेखन गर्नुभएको छ । महेश र विनीताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ ।