• १० पुस २०८१, बुधबार

महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्नुहुने

blog

काठमाडौं, कात्तिक १४ गते । तीन दिने औपचारिक नेपाल भ्रमण आउनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्नुहुने भएको छ । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने संघीय संसद सचिवालले जनाएको छ । 

सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्ने सांसदहरूलाई निर्देशन दिइसकेका छन् । महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।