• ६ जेठ २०८१, आइतबार

दसैंमा पनि सडक कालोपत्रेको काम जारी

blog

दसैको बिदामा समेत नगरपालिका भित्रको सडक कालोपत्रेको काम हुँदै । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ८ गते । कालीकोटको रास्कोट नगरपालिका भित्रको मिनि बजारको कामले तिब्रता पाएको छ । दसैंको दिनमा पनि बजारभित्रको सडक कालोपत्रेको काम जारी रहेको छ । 

स्थानीय निर्माण ब्यवसायी भएकै कारणले दसैंको बिदामा पनि काम जारी रहेको हो । नगरपालिकाभित्रका ३९ वटा सटर निर्माण र दुई किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा बसना निर्माण सेवाले लिएको छ । निर्माण व्यवसायी मानव बमले निर्धारित समयभन्दा अगाडि काम सक्ने मनसायका साथ काम जारी रहेको बताउनुभयो ।

निर्माण स्थलमा रहनुभएका उहाँका आफन्त बसराज बमले बाहिर कसैले कसैको प्रशंसा गरे पनि शहरी बिकास कार्यालयको सहयोग, पूर्व नगर प्रमुख काशिचन्द्र वरालको योजना र वर्तमान नगर प्रमुख धर्मराज शाहीको कार्यान्वयनमा मिनि मार्केट बनेको बताउनुभयो । 

उहाँले निर्माण कम्पन्नीले सम्झौता भएको ६ महिनामा ३९ वटा सटर निर्माण सकेर सडक कालोपत्रेको काम भइरहेको बताउनुभयो । उहाँले हामीले सडक कालोपत्रेका लागि वाहिरबाट दक्ष मजदुर ल्याएका छौं । उहाँहरुको घर टाढा भएको र काम सकेर जानेभन्दा आफुलाई झन सजिलो भएको सुनाउनुभयो । दसैंको मुख्य दिनमा पनि काम सञ्चालन भएको छ ।