• १२ साउन २०८१, शनिबार

तलेजुमा दर्शनार्थीको भीड(फोटो फिचर)

blog

हनुमानढोका दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिर। तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, कात्तिक ६ गते । वर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भीड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक  महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ । दसैँको नवौँ दिन महानवमीका दिन तलेजु भवानीको दर्शनार्थ बिहानैदेखि लाइन लागेको थियो ।

कोत, दशैंघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन (आज) बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।