शेरबहादुर राई
ओखलढुङ्गा, असोज २९ गते । मोलुङ खोलामा डुबेर बालकको ज्यान गएको छ । सुनकोशी गाउँपालिका–९ कटुञ्जेका सुब्बा रापचाका ७ वर्षीय छोरा अञ्जल रापचाको मोलुङ खोलामा डुबेर मृत्यु भएको हो ।
रापचा मोलुङ गाउँपालिका–५ चिउरीबोटस्थित मामाघरमा बस्दै आएका थिए । सोमबार बिहान घाँस काट्न गएकी आमालाई पछ्याउँदै गएका रापचाको खोलामा डुबेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले बताउनुभयो ।
घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी चौकी प्राप्चा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएकाे छ ।