• १५ असार २०८१, शनिबार

टेलिकमले ल्यायो चाडपर्व अफर

blog

काठमाडौँ, असोज २८ गते । नेपाल टेलिकमले दसैँतिहार तथा छठलगायतका विभिन्न पर्वको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ग्राहकले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइतबारदेखि सुरु हुने यो अफर कात्तिक १० गतेसम्म उपलब्ध हुने छ । 

अफर अन्तर्गत ४९ रुपियाँ मा एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय मिनेट भ्वाइस कल सुविधासहितको प्याकेज उपलब्ध हुने छ । 

त्यसै गरी ९८ रुपियाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डेटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । १९९ रुपियाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डेटा प्याक, २९४ रुपियाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डेटा प्याक र ३९९ रुपियाँमै १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डाटा प्याक उपलब्ध हुने छ । 

यही अफर अन्तर्गत ७८९ रुपियाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।