• ७ पुस २०८२, सोमबार

दाङमा डेंगु सङ्क्रमणबाट एकको मृत्यु

blog

लिलाधर वली
घोराही, असोज १५ गते ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभएको छ । सूचना अधिकारी भट्राईका अनुसार स्वास्थ्यमा समस्या आएपछि डाँगी आइतबार साँझ उपचारका लागि प्रतिष्ठानमा भर्ना हुनुभएको थियो ।

प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ः३० बजे मृत्यु भएको भट्टराईले जानकारी दिनुभएको छ । डाँगीले रोल्पाको घर्तीगाउँमा रहेको कृष्ण माध्यामीक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो ।