• १७ असार २०८१, सोमबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

blog

काठमाडौं, असोज १४ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । शनिबार रातिबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्य फिर्तासँगै अब पुरानै मूल्यमा  पेट्रोलियम पदार्थको बिक्री वितरण हुनेछ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिनुएको थियो । त्यसलगत्तै आयल निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो । मूल्यवृघि फिर्ता लिएसँगै हुने घाटा रकम मूल्य स्थिरीकरण कोषबाट भरपाई हुने निगमले जनाएको छ ।

अब बजारमा सोमबार बिहानदेखि पेट्रोल एक सय ८३, डिजेल र मट्टीतेल एक सय ७३ तथा आन्तरिक हवाई इन्धन एक सय ३६ रुपियाँ प्रतिलिटरमा नै किनबेच हुनेछ । त्यस्तै, बाह्य हवाई इन्धन १.०३६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपियाँ प्रतिसिलिण्डरमा नै कारोबार हुनेछ ।