काठमाडौं, असाज ४ गते । केन्याले एल निनो वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र तयारीका लागि छलफल गर्न राष्ट्रिय आपत्कालीन समिति गठन गर्ने भएको छ ।
केन्याका उपराष्ट्रपति रिगाथी गचागुवाले सो समितिले एल निनो वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न रणनीतिक योजना तर्जुमा गर्ने बताउनुभयो । उहाँले अर्को हप्ता सो समितिको बैठक बोलाइएको जानकारी दिनुभयो ।
गचागुआले भारी वर्षाका कारण हुनसक्ने कुनै पनि प्रकोपका लागि तयारी गर्न विभिन्न क्षेत्रहरुसँग आह्वान गर्नुभयो । प्रविधिसँगै विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्दै उहाँले सेप्टेम्बरदेखि जनवरीसम्म वर्षाबाट विपद् निम्तिनसक्ने बताउनुभयो ।
केन्या मौसम विभागले गत हप्ता यस वर्ष सेप्टेम्बरदेखि जनवरीसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल