काठमाडौं, असोज ४ गते । नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ ।
नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उहाँले अर्थव्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताउनुभयो ।
डच केन्द्रीय तथ्याङ्क ब्युरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसङ्ख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १.२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो । जुन नेदरल्याण्डमा ४० वर्षमा सबैभन्दा ठूलो गिरावट हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल