गजेन्द्र गुरुङ
खजुरा, असोज ३ गते। संविधान दिवसको अवसरमा नेपालगन्जस्थित भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले बुधबार भेरी अस्पतालमा उपचाररत दुई सय बिरामीलाई फलफूल वितरण गरेको हो। नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा फलफूल वितरण गरेको हो।
फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकाङ्क्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ। संविधानको अक्षरशः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उहाँहरूको भनाइ छ।
फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायत उपस्थित हुनुभएको थियो।