• २० वैशाख २०८१, बिहिबार

गजल

blog

बित्यो जीवन सारेर समय

बचेको रहर मारेर समय ।

 

चोखो पानीमा जहर घोल्दै

जीवनबाट जीवन हारेर समय ।

 

मधुशालाको चोखो प्यास मिठो

सापटीमा बन्धक पारेर समय ।

 

खल्तीको खाता रित्तो देखेर

मित्र रुखो शब्द झारेर समय ।

 

अभावले गाँज्यो कस्लाई भनूँ

मबाट बिदा भो टारेर समय ।