• १० मंसिर २०८१, सोमबार

सहरमा बर्सात (कविता)

blog

सुतिरहेको

सम्भवतः ननिदाएको

अर्धनिद्रित सहर 

अनायास झसङ्ग... झस्कियो ।


औँसीको रात,

अन्धकारमय चकमन्नतामा

अर्थपूर्ण थियो सहरको झस्काइ ।


जब झस्कियो सहर

सहरभित्र हल्लीखल्ली मच्चियो,

आवाजहरूको आवाज बढ्यो

ठुला–ठुला बने आँखाहरू

मानौँ, सहरमा यस्तो बर्सात

कहिल्यै भएको थिएन ।


बर्सात पोहोर पनि भएकै हो

परार पनि भएकै हो 

र, यसपालि पनि....


अब, भोलि सखारै 

सुन्नु पर्ने छ एउटा अशुभ समाचार–

सहरको बर्सातले

कतै पर... 

बाढी पसेर डुबायो सिङ्गै गाउँ ।