• २० वैशाख २०८१, बिहिबार

तिज बरिलै (कविता)

blog

घुमी फिरी वर्ष दिनमा तिज आयो बरिलै 

माइती घरको सम्झनाले मुटु खायो है । 


बाबा मेरा बिरामी छन्, आमा एक्ली घरमा 

दाजुभाइ विदेशमा छन्, आफ्नै पारामा 

नपाइने रै’छ बस्न बाउआमाको साथमा 

लगाएसी पराई सिन्दुर, चुरा हातमा । 


नौ डाँडाको पारि गाउँमा रुँदै छु म बरिलै 

माइती घरको सम्झनाले मुटु खायो है । 


रमाउँदै माइतीतिर जाँदै होलान् सहेली 

पुगिसके होलान् बरै बाटुली र चमेली 

मिठो पिठो पकाएको पेटभरि दर खाएर 

नाच्दै होलान् कम्मर मर्काई रातो सारी लाएर । 


यसपालि नि म त माइत जान पाइन बरिलै 

माइती घरको सम्झनाले मुटु खायौ है  ।